मुस्ताङ, मंसिर २५ : गण्डकी प्रदेशका दुई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच शुक्रबार विवाह हुने भएको छ। कास्कीको माछापुछ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरूङ र मुस्ताङको घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरूङ बीच परम्परागत विवाह हुन लागेको हो ।
उपाध्यक्ष र अध्यक्षबीच शुक्रबार पोखराको एक गुम्बामा विवाह हुने कार्यक्रम छ।शर्मिला र कर्णबिच परिवारको स्वीकृतिमा मागी विवाह हुन लागेको हो।कोरोनाका कारण सबैलाई आफन्त, शुभेच्छुक, राजनीतिक दलका नेता र कार्यकर्तालाई विवाहमा निम्तो नगरिएको उनीहरूले बताए। कर्ण र शर्मिलामा दुवै जना पूर्वएमालेबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन्। शर्मिला मुस्ताङको जोमसोमकी स्थानीय हुन्।