व्यवसायीलाई आक्रमण गरेको अभियोगमा नेकपा नेताका छोरासहित तीन प’क्राउ

admin

उर्लाबारी, मंसिर २५ : गत कात्तिक २८ गते उर्लाबारी-९ दुर्गापुरीका व्यवसायी इन्द्र लामामाथि सांघातिक हमला गर्ने समूहका तीन जना प’क्राउ परेका छन्। घ’ट’नालगत्तै उनीहरू पक्राउ परे पनि राजनीतिक दलका स्थानीय नेताको दबाबमा केही घण्टापछि छुटेका थिए।

व्यवसायी लामा साथीहरूसँग आफ्नै काष्ठ मिलमा खानपिन गरिरहेका बेला आ’क्रम’णमा परेका थिए। उर्लाबारी-८का प्रज्वल गौतम नेतृत्वको ८/१० जनाको समूहले लामालाई कु’टपि’ट गरेका थिए। घरेलु हतियारसहित आएको समूहको आ’क्रमणले बेहोस भएका लामालाई तत्कालै विर्तामोडको बिएण्डसी अस्पताल पुर्‍याएर उपचार गरिएको थियो।

बिहीबार इलाका प्र’हरी कार्यालय उर्लाबारीले आ’क्रमणमा संलग्न उर्लाबारी-८ कागौतम, केशव घिमिरे र खेमराज ओझालाई नियन्त्रणमा लिएको हो।  आ’क्रमणमा संलग्न प्रज्जवल सत्तारुढ नेकपा उर्लाबारीका अध्यक्ष उमाकान्त गौतमका छोरा हुन् भने घिमिरे उर्लाबारीस्थित सुनगाभा बोर्डिङका शिक्षक र खेमराज ओझा पशु प्राविधिक हुन्।

पक्राउ परेका तिनै जनालाई हि’रासतमा राखी अनुसन्धान थालिएको प्रह’री निरीक्षक उद्धव पोखरेलले बताए। उनीहरूलाई बिहीबार अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको पोखरेलले बताए।

प्रतिक्रिया