प्रधानमन्त्रीकै ‘छोरी’लाई पढ्न सकस

admin

काठमाडौं, मंसिर २६ : प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व लिँदा ठिल्लेसाङमु लामा ७ पुगेर ८ वर्षमा टेक्दै थिइन् । अहिले उनी १० वर्षकी भइन् ।

मुगुम कमारोङ गाउँपालिकाको माग्री गाउँभरि उनलाई ‘प्रधानमन्त्रीकी चेली’ भनेर बोलाउँछन् । तर, ३२ महिनाको यो अवधिमा प्रधानमन्त्रीको चेली भन्न मिल्ने गरी केही परिवर्तन देखिँदैन । उनको न त व्यक्तिगत लवाइखवाइमा फरकपन आएको छ न त पारिवारिक नै ।

कर्णाली पर्यटन महोत्सव उद्घाटनको अवसरमा २०७५ वैशाख १ मा रारा पुगेका प्रधानमन्त्री ओलीले ठिल्लेसाङमुको अभिभावकत्व दिँदै विद्यालय भर्ना गराउँदा आमा छिजु तामाङलाई अब छोरीको भविष्य बन्ने भयो भन्ने लागेको थियो । प्रधानमन्त्रीले छोरीलाई कम्तीमा माध्यमिक तहसम्म पढाउने सहयोग गर्लान् भन्ने उनमा अपेक्षा थियो ।

‘एक पल्ट आएर भर्ना गराइदिनुभयो,’ उनले भनिन्, ‘त्यसपछि कुनै चासो दिनुभएको छैन ।’ उनका अनुसार प्रधानमन्त्री ओलीले ठिल्लेसाङमुलाई काम लिँदै माध्यमिक तहसम्म पठनपाठनको सबै खर्च आफले बेहोर्ने वचन दिएका थिए । त्यसपछि ओलीले छोरीको अवस्थाबारे कुनै माध्यमबाट चासो नलिएको उनले गुनासो गरिन् । आजकोकान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया