महिला पत्रकारको गो’ली हानी ह’त्या

admin

काठमाडौं, मंसिर २६ अफगानिस्तानमा एक पत्रकार महिलाको गो’ली हानी ह’त्या भएको छ । रेडियो र टेलिभिजनमा कार्यरत पत्रकार मलाला माइवन्दको ह’त्या भएको हो । कार्यालय जाँदै गर्दा हतियारधारी समूहले उनी चढेको गाडीमा आ’क्र’मण गरेका थिए ।

आ’क्रमणमा उनका गाडी चालकको पनि ज्या’न गएको बीबीसीले जनाएको छ । आ’क्रमण कसले गर्यो भन्ने पुष्टि भएको छैन ।

आ’क्रमणपछि आ’क्रमणकारी भागेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सामाजिक अभियन्ता समेत रहेकी पत्रकार माइवन्दले पत्रकार महिलाको हकहितका लागि आवाज उठाउँदै आउनु भएको थियो ।

समाचार एजेन्सी रोयर्टसका अनुसार उनकी आमाको पनि पाँच वर्षअघि ह’त्या भएको थियो । अफगानिस्तानमा पछिल्लो समय पत्रकार, सामाजिक अभियन्ता र राजनीतिज्ञलाई लक्षित गरी आ’क्रमणका घट’ना भइरहेका छन् ।

प्रतिक्रिया