वीर अस्पतालमा सबै किसिमको स्वास्थ्य सेवा सुरु

admin

काठमाडौं, २६ मंसिर : वीर अस्पतालले सबै किसिमको स्वास्थ्य सेवा सुरु गरेको छ । कोरोना भाइरस (कोभिड-१९) सँगै ननकोभिडका बिरामीलाई पनि सबै सामान्य तथा विशेषज्ञ सेवाहरु बुधबारदेखि सुरु गरेको अस्पतालले जनाएको छ ।

अस्पतालले जारी गरेको सूचनामा भनिएको छ, ‘कोभिड-१९ का बिरामीलाई सम्पूर्ण उपचारको व्यवस्थाका साथ साथै अन्य ननकोभिडका बिरामीलाई समेत सम्पूर्ण सामान्य तथा विशेषज्ञ सेवाहरु साविक बमोजिम नै प्रदान गर्दै आइरहेकाले सबै बिरामीले अस्पतालबाट आवश्यक सेवा लिन सकिन्छ।’

प्रतिक्रिया