विश्वमा चार करोड ९१ लाखभन्दा धेरै कोरोनामुक्त

admin

काठमाडौं, २६ मंसिर : विश्वमा कोरोना भाइरसको संक्रमण हुनेको संख्या ७ करोड नाघेको छ । वर्ल्डओ मिटरका अनुसार विश्वमा अहिलेसम्म सात करोड सात लाखभन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा साढे ६ लाखभन्दा धेरैलाई संक्रमण पुष्टि भएको थियो । यस्तै विश्वमा अहिलेसम्म ४ करोड ९१ लाखभन्दा धेरै संक्रमणमुक्त भएका छन् । विश्वमा अहिले १ करोड ९९ लाखभन्दा धेरै सक्रिय संक्रमित छन् ।

यस्तै विश्वमा कोरोना भाइरसको संक्रमणबाट १५ लाख ८८ हजारभन्दा धेरैको ज्यान गएको छ । कोरोनाबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा अहिलेसम्म संक्रमित संख्या १ करोड ६० लाख नाघेको छ भने त्यहाँ अहिलेसम्म २ लाख ९९ हजारभन्दा धेरै संक्रमितले ज्यान गुमाएका छन् ।

यस्तै, सबैभन्दा धेरै कोरोना प्रभावित देशको दोस्रो स्थानमा रहेको भारतमा ९७ लाखभन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण भएको छ भने त्यहाँ कोरोनाका कारण एक लाख ४२ हजारभन्दा धेरैको ज्यान गएको छ ।

प्रतिक्रिया