आज १२ सयभन्दा धेरै डिस्चार्ज, थप ११ जना संक्रमितको ज्यान गयो

admin

काठमाडौं, २६ मंसिर : शुक्रबार थप एक हजार ४४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ४६ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सात हजार चार सय १४ जनाको नमुना परीक्षण गर्दा एक हजार ४४ जनामा संक्रमण देखिएको हो । त्यस्तै बितेको २४ घण्टामा एक हजार दुई सय ७१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको कुल संख्या दुई लाख ३२ हजार आठ सय ७२ पुगेको छ ।

अब नेपालमा १२ हजार एक सय ४८ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच सय १९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा थप ११ जना संक्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ६ सय ७४ पुगेको छ ।

प्रतिक्रिया