भिसाको अवधि बाँकी रहेकालाई कुवेत प्रवेशमा अनुमति

admin

काठमाडौं, २६ मंसिर : कुवेत सरकारले त्यहाँको स्वास्थ्य मन्त्रालयमा कार्यरत कर्मचारीलाई कुवेत प्रवेश गर्न अनुमति दिएको छ । आवासीय भिसा वा प्रवेश भिसाको अवधि बाँकी रहेका, कुवेतको स्वास्थ्य मन्त्रालयमा कार्यरत कर्मचारीलाई प्रत्यक्ष वा ट्रान्जिट हुँदै कुवेत प्रवेशमा अनुमति दिएको हो ।

कुवेत प्रवेश गर्न चाहनेले कुवेतको स्वास्थ्य मन्त्रालयद्वारा जारी स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्य पालना गरेको हुनुपर्नेछ । बन्दरगाह तथा विमानस्थलमा कुवेत मोबाइल आईडी प्रयोग भएको एप्लिकेशन प्रयोग सम्बन्धी नियम पालना गर्न पनि कुवेत सरकारले आग्रह गरेको छ । 

यस्तै यात्रुहरुले आवासीय भिसा वा प्रवेश भिसा अवधि बाँकी रहेका आफ्ना श्रीमान् श्रीमती र छोराछोरीसँग भेटघाट गर्न सक्नेछन् । कर्मचारीका परिवारका सदस्यले पनि प्रत्यक्ष वा ट्रान्जिट हुँदै कुवेत प्रवेश गर्न सक्ने कुवेतको नागरिक उड्यन मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया