काठमाडौंमा एकैदिन चार डिग्री सेल्सियस तापक्रम घट्यो

admin

काठमाडौं, २८ मंसिर : काठमाडौं उपत्यकामा आइतबार एकैदिन झण्डै ४ डिग्री सेल्सियस कम तापक्रम मापन गरिएको छ । उपत्यकामा शनिबार न्यूनतम तापक्रम ९ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएकोमा आइतबार ५ डिग्री सेल्सियसमा झरेको छ । यसैबीच चिसोका कारण तराईका धेरैजसो ठाउँमा कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि तराईमा राम्रोसँग घाम लाग्ने सम्भावना छैन । दिउँसोतिर केही ठाउँमा कुहिरो हटे पनि केही ठाउँमा भने रहने छ । यस्तै दिउँसो प्रदेश नम्बर १, वाग्मती र सुदूरपश्चिम प्रदेशका केही भूभागमा आंशिक बद्लीको सम्भावना छ ।

प्रदेश १ को पहाडी भूभागका एकरदुई ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । तराईमा कुहिरो तथा अरु केही ठाउँमा आंशिक बद्ली कारण बिहानीपख भिजिबिलिटी कम भइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले सावधानी अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया