प्रवक्ता नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै युवाद्वारा बालुवाटारमा प्रदर्शन

admin

काठमाडौं, २८ मंसिर : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै आइतबार युवाहरुले प्रदर्शन गरेका छन् । स्वतन्त्र युवाहरुको नाममा नेकपा सचिवालय तथा राष्ट्रियसभा सदस्य श्रेष्ठविरुद्ध बालुवाटारमा प्रदर्शन भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक चलिरँदा यूवाहरुले बाहिर सडकमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले नेकपा नेता तथा संविधानसभा सदस्य कमान सिंह लामा प्रकरणमा छानबिनको माग गरेका छन् ।

प्रदर्शनकारीहरुले कमानसिंह रोगले भन्दा पनि श्रेष्ठले दिएको पीडाबाट कमजोर बनि मृत्यु भएको भन्दै श्रेष्ठले तत्काल पार्टीबाट राजिनामा दिनुपर्ने बताए । कमानसिंहको मृत्यु अगाडी प्रवक्ता श्रेष्ठले अढाई करोडभन्दा धेरै रकम खाएको खबर बाहिरिएको छ । कमानसिंहको मृत्यु लगत्तै उनी र नारायणकाजीबीच भएको संवादको अडियो भिडियो सार्वजनिक भएको थियो ।

प्रतिक्रिया