थप ८३० जनामा संक्रमण पुष्टि, निको हुने २ लाख ३५ हजार नाघ्यो

admin

काठमाडौं, २८ मंसिर : आइतबार आठ सय ३० जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४८ हजार चार सय २३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा पाँच हजार एक सय ८१ जनाको पीसीआर परीक्षण भएकोमा आठ सय ३० जनामा संक्रमण देखिएको हो । नेपालमा अहिले १० हजार नौ सय ९४ जना सक्रिय संक्रमित छन् ।

यस्तै, आइतबार एक हजार पाँच सय जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या दुई लाख ३५ हजार सात ३१ पुगेको छ । बितेको २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण नौ जनाको ज्यान गएको छ । योसँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ६ सय ९८ पुगेको छ ।

प्रतिक्रिया