एकपछि अर्को, भ्रष्टाचार काण्डमा किन मुछिन्छ्न नेकपाका नेता ?

अस्मिता बेल्बासे
  • अर्जुन बिष्ट

काठमाडौं, २८ मंसिर : पछिल्लो समयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुमा एकपछि अर्कोगरी विभिन्न काण्डमा मुछिएका छन् । उनिहरुमाथी थप नैतिक प्रश्न उठ्ने गरेको छ । शक्तिशाली सरकारको नेतृत्व गरेका कम्युनिस्ट पार्टीका नेताहरू यति बेला नैतिकताको कठघरामा छन् ।

संघीय प्रणालीअनुसार प्रदेश मन्त्री, प्रदेश नेता, संघीय सरकारका मन्त्री, प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालय मात्रै रहेन, अब सचिवालय कमिटीकै नेता नारायणकाजी श्रेष्ठलाई समेत प्रश्न उठाइएको छ । यो नयाँ परिपाटी र कुनै नयाँ विषयवस्तु पनि होईन वि.स. २०७४ को निर्वाचनमा गुण्डा नाइके पृष्ठभूमिका राजीब गुरुङ (दीपक मनाङे)लाई उम्मेद्वार बनाएदेखि नै नेकपा माथि नैतिकताको प्रश्न उठ्न थालेको हो ।

केहिदिन अघि कोरोना भाइरस संक्रमणबाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, पूर्व सांसद एवम् दक्षिण कोरियाका पूर्व राजदूत कमानसिंह लामाको मृत्यु पछि राष्ट्रिय राजनीतिमा नेकपाका प्रवक्ता एव् पूर्व उपप्रधानमन्त्री श्रेष्ठलाई जोडिएर विवाद सिर्जना भएको छ । लामाले मृत्यु हुनु अघि आफ्नी पत्नी प्रति निराशा सामाजिक सञ्जाल फेसबुकमा उनले आफ्नो दुख व्यक्त गर्दै नेकपाकै नेताको संलग्नता रहेको उल्लेख गरेका छन् । तर, प्रवक्ता श्रेष्ठको नाम भने उल्लेख गरिएको छैन ।

प्रवक्ता श्रेष्ठका स्वकीय सचिव सुशन कर्माचार्य, लामाकी पत्नी इन्द्रमाया तामाङ र कमानसिं लामाको विवादबारे श्रेष्ठले मिलाउन खोजेको अडियो भिडियो सार्वजनिक भएको छ । उक्त अडियो भिडियोले अहिले सामाजिक सञ्जालमा वाकयुद्ध नै देखिएको छ । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’-वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच सामाजिक सञ्जालमा चर्को विवाद देखिन्छ । प्रवक्ता श्रेष्ठले भने आफूलाई फसाउने षडयन्त्र भएको प्रतिक्रिया दिएका छन् ।

यस अघिपनि नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीकै सचिवालयका नेताहरुमाथि प्रश्न उठाइएको थियो । कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री खरीद प्रक्रियामा प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ओम्नी समूहसँग मिलेको आरोप लगाइएको थियो । यसबारे प्रधानमन्त्री ओली आफैले खण्डन गर्दै आएका छन् । चीनबाट स्वास्थ्य सामग्री खरीद प्रक्रियामा अनियमितताको उद्देश्य राखिएको आरोप लगाइएको थियो ।

त्यसो त, सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा ७० करोडको बार्गेनिङ गरेको आरोपमा तत्कालीन सञ्चार र सहरी विकास मन्त्री रहेको गोकुल बाँस्कोटा तानिएका थिए । उनको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले राजीनामा दिएका थिए । संघीय सरकारकै तत्कालीन कानून मन्त्री शेरबहादुर तामाङको अभिव्यक्ति विवादित बनेपछि उनले पनि राजीनामा दिएका थिए ।

नेकपाका केन्द्रीय नेतासँगै प्रदेश मन्त्रीहरु पनि बर्खास्तमा पर्दै आएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई आचरण बिपरीत अभिव्यक्ति दिएको भन्दै बर्खास्त गरेका थिए । कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री खडकबहादुर खत्री बैंकिङ कसुर प्रकरणमा बर्खास्त हुनु पुगेको थियो । त्यसअघि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारी पनि आँचरण बिपरीतको काम गरेको भन्दै बर्खास्तमा परेका थिए ।

गएको वर्ष मात्रै नेकपाका उच्च तहका नेता एवम् तत्कालीन सभामुख कृष्णबहादुर महरा यौ’न हिंसा आरोपमा पदमुक्त हुनु परेको थियो भने केही महिना जेल सजाय समेत भोगेका छन् । यस्तै नैतिक पतनका कारण नेकपाको दुई तिहाइ बहुमतको सरकार जनतामाझ ओझेल भइरहेको मौका छोप्दै राजावादीले राजतन्त्र फर्काउने अभियान नै थालेका छन् । गणतन्त्रको ‘बदनामी’ उनीहरूका लागि उर्वर आधार भएको छ । मुलुकका विभिन्न भागमा राजावादी फेरि सलबलाएका छन् ।

नेपालको झन्डा र पूर्वराजा ज्ञानेन्द्र शाहको तस्बिर बोकेका राजावादीहरूको जुलुसमा ‘मेचीकाली हल्ला छ, राजा ल्याउने सल्लाह छ’ जस्ता नारा लाग्न थालेका छन् । झन्डै दुई तिहाइ मत ल्याउँदा पनि सत्तारूढ दलदेखि अन्य राजनीतिक शक्तिले जनअपेक्षाअनुसार काम गर्न सकेनन् । उनीहरू चुकेका छन्। जसका कारण जनता सरकार र नेतृत्वप्रती चुकेको छ । जनआशाहरु निराशामा बदलिदै छन् ।

मन्त्री देखि सभामुख प्रकरणसम्म आउँदा सडक बेस्सरी तात्तियो जनताको गुनासो सुन्ने सरकार नै नैतिकताको कठघरामा रहेपछि जनताले कसरी न्याय पाउने र समृद्धिको आश गर्नेरु सामान्यदेखि वरिष्ठ नेतासम्म दम्भ र सत्ताको सहि सदुपयोग हुननसक्दा आज नेकपा फुटको संघारमा पुगेको छ । आफ्नै पार्टी भित्र एकता नदेखिएपछी जनताले भरोसा गर्ने ठाउँ पनि रहेन ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू