कपिलवस्तु : जिल्लाको शिवराज नगरपालिका ५ चन्द्रौटामा एक शनिबार राति एक महिलाको ह’त्या भएको छ। फुपू र भदो भाइबीच र’क्सी खाएर झ’गडा हुँदा चन्द्रौटामा डेरा गरी बस्दै आएका दाङ सतवरियाकी ५१ वर्षीया सुशीला खडकाको लौहोरोले हानेर ह’त्या भएको हो।
मृ’तकको टाउको तथा अनुहारमा गहिरो चो’ट लागेको छ। प्र’हरीले कुकुरको सहायताले ह’त्या’रा पत्ता लगाएको थियो। प्र’हरीले घ’ट’नास्थलको अवस्था हेर्दा सुशीलासँगै बस्ने मृ’तकको भदा भाइ तारणबहादुर खडकामाथि शं’का गरेको थियो।
मृ’तकले तारणको आमा-बुबाको मृ’त्युपछि सानैदेखि पालन पोषण गर्दै आएकी थिइन्। दुवै जना मा’दक पदार्थ सेवन गरी पटक-पटक झ’गडा गर्ने गरेको वडा प्र’हरी कार्यालय चन्द्रौटाका प्र’हरी निरीक्षक दीपेश खरेलले बताए।
मृ’तक महिलाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पलात तौलिहवा पठाइएको छ। घ’टनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्र’हरी कार्यालय कपिलवस्तुका प्र’हरी उपरीक्षक नवराज अधिकारीले बताए।