भारतीय च्यानल रिपब्लिक टीभीका सीईओ पक्राउ

admin

काठमाडौं : मुम्बई प्र’हरीले आइतबार रिपब्लिक टीभीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास खनचंदानीलाई कथित टीआरपी घोटाला प्र’करणको सम्बन्धमा प’क्राउ गरेको छ । मुम्बईका ज्वाइन्ट कमिस्नर अफ प्रहरीका मिलिंद भरांभेले रिपब्लिक टीभीका सीईओ खनचंदानी प’क्राउ परेको पुष्टि गरेका हुन् ।

खनचंदानीलाई आइतबार नै अदालतमा उपस्थित गराइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई पहिले पनि यस प्रकरणमा दुई सोधपुछ गरिसकिएको छ ।

अ’पराध शाखाको जाँचमा केही केबल अपरेटर्सले दुई वटा ल्याण्डिङ च्यानल नम्बर प्रविधि (एलसीएन) को प्रयोग गरिरहेको पत्ता लागेको थियो । यस प्रविधिबाट एउटै च्यानल दुई च्यानल नम्बरमा देख्न सकिन्थ्यो ।

खनचंदानी प’क्राउ परेको विषयलाई लिएर रिपब्लिक टीभीले आलोचना गरेको छ । रिपब्लिक टीभीका अधिकारीहरुले केबल अपरेटर्सलाई पनि एलसीएन र एलसीएन प्रवर्द्धनको लागि सम्पर्क गरेका थिए ।

खनचंदानी एलसीएन र एलसीएन प्रवर्द्धनको चर्चा हुने रिपब्लिक टीभीको ह्वट्सएपको ग्रुपको एक हिस्सा भएका कारण उनलाई यसबारेमा थाहा भएको बताइएको छ । टीआरपी घोटालाको प्रकरण गएको अक्टोबर महिनामा सार्वजनिक भएको थियो । मुम्बई प्र’हरीको विशेष जाँच दलले यस प्रकरणमा अहिलेसम्म १३ जनालाई प’क्राउ गरेको छ ।

प्रतिक्रिया