नारायणकाजीलाई पूर्वमन्त्री बास्कोटाको सुझाव; आदर्श नेताले मबाट सिक्नोस् !

admin

काठमाडौं : ओलीनिकट युवाहरुको प्रदेश भेलालाई सम्बोधन गर्न बिराटनगर पुग्नुभएका पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको बचाऊ गर्नुभएको छ । प्रतिनिधिसभाका सांसद सदस्यसमेत रहेका बास्कोटाले अर्को चुनावसम्म प्रधानमन्त्रीलाई फिर्ता बोलाउन नमिल्ने बताउनुभयो ।

काभ्रेका पुराना कम्युनिष्ट नेता, पूर्वसांसद कमानसिंह लामाको लेनदेन प्रकरणमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादमा मुछिएको सम्बन्धमा बास्कोटाले आफूबाट सिक्न आग्रह गर्नुभयो ।

सुरक्षण मुद्रण खरीद प्रकरणमा ७० करोडको अडियो प्रकरणमा मुछिएपछि मन्त्री पदबाट राजीनामा दिएका बास्कोटाले प्रवक्ता श्रेष्ठलाई लक्षित गर्दै भन्नुभयो ‘आदर्श नेताले मबाट सिक्दा हुन्छ, कम्तिमा मेरोजति गरिदिएको भए राम्रो हुन्थ्यो होला ।’

प्रतिक्रिया