अख्तियारका पूर्वप्रमुख बस्न्यातलाई थुनामा पठाउने आदेश

admin

काठमाडौं, २८ मंसिर : विशेष अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा राख्न आदेश दिएको छ ।


विशेष अदालतले आइतबार (आज) बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा पास गर्न मुख्य भूमिका खेलेपछि भ्रष्टचार अभियोग लागेका बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको हो ।

विशेष अदालतका न्यायाधीशहरू अब्दूलअजिज मुसलमान, प्रेमराज कार्की र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उनलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

यस प्रकरणमा बस्न्यातले आइतबार (आज) विशेष अदालतमा उपस्थित भएर बयान दिएका थिए । थुनछेक बहस सकिएसँगै बस्न्यातलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको बताइएको छ ।

प्रतिक्रिया