जाडो सुरु भएपछिकै कम तापक्रम आज उपत्यकामा

admin

काठमाडौं, २९ मंसिर : सोमबार काठमाडौं उपत्यकामा यसवर्षको जाडो सुरु भएपछिकै कम तापक्रम मापन गरिएको छ । सोमबार बिहान काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियसमा झरेको हो ।

आइतबार बिहान ५ डिग्री सेल्सियस मापन गरिएकोमा दिउँसो फेरि घटेर ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । सोमबार पहाडी क्षेत्रका केही ठाउँमा मौसम आंशिक बद्ली भएको छ ।

पश्चिमी वायुको प्रभावका कारण केही ठाउँमा मौसम आंशिक बद्ली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका धेरैजसो ठाउँमा भने कुहिरो लागेको छ ।

दिउँसो कुहिरो हटेर घाम लाग्ने महाशाखाका मौसमविद् निराजन सापकोटाले जानकारी दिए । अरु ठाउँको मौसम भने सामान्य बद्ली रहने अनुमान छ । सोमबारराति प्रदेश १ र २ का पहाडी क्षेत्रमा सामान्य पानी पर्ने सम्भावना छ ।

प्रतिक्रिया