काठमाडौं, २९ मंसिर : काठमाडौं महानगरपालिकाले सोमबरा २६औं महानगर दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदैछ । कोरोना संक्रमण जोखिमकाबीच स्वास्थ्य सावधानी अपनाउँदै जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा विशेष कार्यक्रम गर्न लागेको महानगरपालिकाले जनाएको छ ।
महानगर दिवसको अवसर पारेर ‘मृगौला बचाउ अभियान’ घोषणा गर्न लागिएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए । २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरेको दिनलाई आधार मानेर हरेक वर्ष मंसिर २९ गते दिवस मनाउने गरिएको छ ।
यस्तै महानगरपालिकाले अहिलेसम्म गरेका कामहरु र आउँदो योजनाबारे जानकारी गराउने कार्यक्रम रहेको महानगरपालिकाका सूचना अधिकारी नवराज ढकालले बताए । कार्यक्रम राष्ट्रिय सभागृहमा हुनेछ ।