justnep home

धनगढीबाट कठायत पक्राउ, उनीविरुद्ध ५ वटा मुद्धा चलाइने

admin

काठमाडौं, २९ मंसिर : बझाङ जिल्लाको मष्टा गाउँपालिका भातेखोला भिमण बस्ने जोग कठायतलाई धनगढीबाट आइतबार प्रहरीले पक्राउ गरेको छ । कठायतलाई धनगढी उपमहानगरपालिका वडा नम्बर ५ बाट प्रहरीले पक्राउ गरेको हो ।

कठायतविरुद्ध राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धको कसुर, राज्य विरुद्ध कसुर, चन्दा असुली गर्न प्रतिबन्ध, हातहतियार खरखजाना र संगठित अपराधको मुद्धा चलाईने बझाङ प्रहरी प्रमुख डिएसपी रुपक खड्काले बताए ।

उनका अनुसार धनगढी पक्राउ परेका कठायतलाई सोमबार बझाङ झिकाएर जिल्ला अदालत पेश गरिने भएको छ । कठायत पार्टीको साधारण सदस्य समेत नरहने गरि स्वतन्त्र रहेका बेला राज्यले पक्राउ गर्नु सरासर गलत भएको विप्लवले जनाएको छ ।

कठायत पार्टीबाट निस्कासित भएसँगै लामो समय भारतमा बसेका थिए । यसरी कठायत देशमा नै नरेहका बेला ५ वटा मुद्धा लगाइनु राज्य व्यक्तिप्रति केन्द्रित रहेको विप्लवको आरोप छ ।

प्रतिक्रिया