काठमाडौं, २९ मंसिर : सोमबार सुनको मूल्य सामान्य घटेको छ । आइतबार स्थिर रहेको सुन सोमबार प्रतितोला १ सय रुपैयाँले घटेको हो । गत हप्ता आइतबार २ सयले घटेको थियो । सोमबार १ सयले घटेको थियो ।
मंगलबार १ हजार ५ सयले बढेर प्रतितोला ९४ हजार १०० मा कारोबार भएको सुन बुधबार १ हजार ६ सयले घटेको थियो । यस्तै बिहिबार ९ सयले रुपैयाँले घटेको थियो । शुक्रबार स्थिर रहेको सुन सोमबार आइतबार पनि स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमाबार छापावाला सुनको मूल्य ९२ हजार ४०० सय र तेजाबी सुनको मूल्य ९१ हजार ९५० कायम रहेको छ । चाँदीको मूल्य भने सोमबार स्थिर छ । चाँदी सोमबार प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।