थप ८२१ जनामा संक्रमण, कोरोनाबाट ज्यान गुमाउने संख्या १७ सय नाघ्यो

admin

काठमाडौं, २९ मंसिर : सोमबार थप आठ सय २१ जनालाई कोरोना भाइरसको संक्रमण भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४९ हजार दुई सय ४४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा आठ सय ४२ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै निको हुनेको संख्या दुई लाख ३६ हजार पाँच सय ७३ पुगेको छ । नेपालमा अहिले १० हजार नौ सय ५५ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै क्वरेण्टीनमा रहनेको संख्या चार सय ७१ पुगेको छ । बितेको २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण १८ जनाको ज्यान गएको छ । योसँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार सात सय १६ पुगेको छ ।

प्रतिक्रिया