काठमाडौं, ३० मंसिर : मंगलबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । सोमबार तोलामा ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार ९२ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य भने स्थिर छ । चाँदी सोमबार जस्तै तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।