काठमाडौं, ३० मंसिर : अहिले मन्त्रिपरिषद्को बैठक चलिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो । मंगलबारको मन्त्रिपरिषद् बैठकलाई नियमित बैठक भनिए पनि महत्त्वका साथ हेरिएको छ ।
मन्त्रिपरिषदको बैठक प्रायः साताको सोमबार र बुधबार बस्ने गरेकोमा यसपटक मंगलबार बोलाइएको हो । मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो ।
संवैधानिक परिषद बैठक लगत्तै मन्त्रिपरिषद बोलाएर संवैधानिक आयोगहरुमा नियुक्तिअघि बढाउने उद्देश्यले बैठक बोलाइए पनि मंगलबार बिहानको संवैधानिक परिषद बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थितसँगै, गणपुरक संख्या नपुगेपछि बेलुका ५ बजेलाई अर्को बैठक बोलाइएको छ ।