सरकारद्वारा उखु किसानको पैसा नदिने चिनी उद्योगीलाई आवश्यक कानुनी कारबाही गर्न निर्देशन

admin

काठमाडौं, ३० मंसिर : सरकारले उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई आवश्यक कानुनी कारबाही गर्न निर्देशन दिएको छ । उखुको भुक्तानी नपाएपछि अहिले उखु किसानले काठमाडौंको माइतिघरमा आन्दोलन गरिरहेका छन् ।

गृह मन्त्रालयमा मंगलबार बसेको बैठकले किसानलाई भुक्तानी नदिने व्यापारीलाई आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिएका छन् ।

व्यापारीहरूले भुक्तानी दिनै मानेनन् भने अन्तिम विकल्पको रूपमा पक्राउसमेत गर्न सकिने निर्णय भएको प्रवक्ता बुढाको भनाइ छ । गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा कृषिमन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हृदयेश त्रिपाठी सहभागी भएका थिए । 

प्रतिक्रिया