justnep home

सक्रिय संक्रमित ९८८१ जना, कोरोनाबाट मृत्यु हुनेको संख्या १७३० पुग्यो

admin

काठमाडौं, ३० मंसिर : नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ५० हजार नाघेको छ । बितेको २४ घण्टामा थप नौ सय ३६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या दुई लाख ५० हजार एक सय ८० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा एक हजार नौ सय ९६ जना संक्रमणमुक्त भएर घर फर्किएसँगै कोरोनाबाट निको हुनेको संख्या दुई लाख ३८ हजार पाँच सय ६९ पुगेको छ । बितेको २४ घण्टामा सात हजार एक सय १७ जनाको पीसीआर परीक्षण भएको हो ।

अहिले नेपालमा ९ हजार आठ सय ८१ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् भने चार सय ५७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो पटक कोरोना भाइरसको संक्रमणका कारण १४ जनाको ज्यान गएको छ । योसँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार सात सय ३० पुगेको छ ।

प्रतिक्रिया