आज नेप्से झण्डै ६ अङ्कले घट्यो

admin

काठमाडौं, ३० मंसिर : शेयर बजार परिसूचक मंगलबार नेप्से सामान्य घटेको छ । नेप्से ५ दशमलव ७५ अङ्कले ओरालो लागेर दुई हजार ६१ दशमलव ४१ विन्दुमा झरेको छ । मंगलबार माइक्रो-फाइनान्स, जीवन बीमा र बैंकिङ समूहबाहेक अरू समूहको शेयर घटेको छ ।

उत्पादन समूहको शेयर १ सय १५ अङ्कले, निर्जीवन बीमाको शेयर ८१ अङ्कले, व्यापारको ५४ अङ्कले, विकास बैंकको २४, होटलको २० तथा अन्य र जलविद्युत् समूहको शेयर १८र१८ अङ्कले घटेको छ । मंगलबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।

मंगलबार दुई सय पाँच कम्पनीका ९७ लाख ५५ हजार पाँच सय कित्ता शेयर ६ अर्ब ६ करोड ९३ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५२ करोड ३८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

मंगलबार उन्नति, गुराँस, माहुली, ग्लोबल आइएमई र एनएमबी लघुवित्त तथा नारायणी विकास बैंकका शेयरधनीले नौ प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् । तर मल्टिपर्पोज फाइनान्सका शेयरधनीले झण्डै पाँच प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया