justnep home

जनार्दन शर्माद्वारा अध्यादेशको विरोध : सत्ता स्वार्थको पराकाष्ठा किन ?

admin

काठमाडौं, ३० मंसिर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटीका सदस्य जनार्दन शर्माले संवैधानिक परिषदसम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेश तत्काल खारेर गर्न माग गरेका छन् ।

बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बस्न सक्ने गरी अध्यादेश जारी भएपछि उनले यो अध्यादेश तत्काल खारेर हुनुपर्ने माग गरेका हुन् । मंगलबार बिहान बसेको परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा बहुमत सदस्यकै उपस्थितिमा पनि बैठक बसेर निर्णय गर्न सक्ने गरी अध्यादेश जारी गरेकी हुन् ।

शर्माले छलफल सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा लिनु भनको असफलताको बाटो बाहेक केही हुन नसक्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको आलोचना गरेका छन् ।

शर्माले फेरि अध्यादेश किन ल्याइएको भन्दै प्रश्न गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘फेरि अध्यादेश ! सत्ता स्वार्थको पराकाष्ठा किन ? छलफल, सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन सक्दैन ।’

साथै उनले हतास मनस्थितिबाट मुक्त हुन र अध्यादेश फिर्ता गर्न माग गरेका छन् । नयाँ अध्यादेशलाई लिएर नेकपाकै कार्यकारी अध्यक्ष दाहाललगायत विभिन्न दलका नेताले तत्काल खारेज गर्न माग गरेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको हो ।

प्रतिक्रिया