विराटनगर ३० मंसिर : विराटनगर महानगरपालिका वडा नं. १४ मलाय रोडमा ग्यासको कालोबजारी गरेर विक्री गर्दै आएका एकजनालाई प्र’हरीले प’क्राउ गरेको छ । फोटोकपी तथा कम्प्युटरको पसल राखेका मनिष यादवले ग्यास भरिएको सिलिण्डरबाट खाली सिलिण्डरमा पल्टी गररिरेको अवस्थामा इलाका प्र’हरी कार्यालय रानीको टोलिले मंगलबार प’क्राउ गरेको छ ।
यादवको पसलमा खानलासी गर्दा प्र’हरीले ठुलो ग्यास सिलिण्डर ११ थान , साने ग्यास सिलिण्डर २ थान तौल मेसिन १ थान रेगुलेटर २ थान एयर लिंक गर्ने पाईप १ थान समेत फेला पारी सामानसहित यादवलाई नियन्त्रणमा लिएको जनाएको छ ।
एउटा ग्यास सिलिण्डरबाट अर्को सिलिण्डरमा ग्याँस सारेको विशेष सूचनाको आधारमा प्र’हरीले खानतलासी गरेको थियो । यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको मोरङ प्र’हरीले जनाएको छ ।