काठमाडौं, १ पुस : संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च आदलतमा रिट दायर भएको छ । अधिवक्ता ओम प्रकाश अर्यालले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्ध बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
प्रधानमन्त्रीले ल्याएको अध्यादेश संविधानको मर्म विपरित रहेको अधिवक्ता अर्यालको दावी छ । मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेकी थिइन् ।