काठमाडौं, १ पुस : बुधबार नेपालमा थप सात सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सहित अहिलेसम्म संक्रमितको संख्या दुई लाख ५० हजार नौ सय १६ जना पुगेको छ ।
बुधबार थप आठ सय ४७ कोरोनामुक्त भएसँगै निको भएर घर फर्किनेको संख्या दुई लाख ३८ हजार पाँच सय सय ६९ छ । यस्तै बितेको २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण १३ जनाको ज्यान गएको छ ।
योसँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक हजार सात सय ४३ पुगेको छ । नेपालमा अहिले नौ हजार सात सय ५७ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । बितेको २४ घण्टामा पाँच हजार पाँच सय ५५ जनाको पीसीआर परीक्षण भएको छ ।