काभ्रे : देशका विभिन्न स्थानमा जस्तै राजाका समर्थकहरू काभ्रेमा पनि प्रदर्शन गरेका छन् । बुधबार राष्ट्रिय झण्डा सहित राजा आउ देश बचाऊ, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, जस्तो नारा लगाउँदै बनेपा धुलिखेल परिक्रमा गरेका हुन् ।
युवा पुस्ताले भरिएको जुलुसमा राजाका समर्थकहरूले बलिदान फिल्मको ‘गाउँ-गाउँबाट उठ,बस्ती-बस्तीबाट बोलको गीत माइकिङ गर्दा आम सर्वसाधारण भने छक्क परेका थिए ।
जुलुसमा काभ्रेका सहभागी भने नगण्य मात्रा थिए । बनेपाबाट सुरूको र्याली, सदरमुकाम धुलिखेल परिक्रमा गरेर बनेपामै पुगेर कोणसभामा परिणत भएको थियो ।
हेर्नुहोस भिडियो :