आज पनि बढ्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २ पुस : बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुन बिहीबार तोलामा ४ सय रुपैयाँ बढेर तोलाको ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ । बुधबार सुन तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, सोही परिमाणको तेजावी सुनलाई भने बिहीबार प्रतितोला ९३ हजार ५० रुपैयाँमा कारोबार भएको । यसैगरी चाँदीको मूल्य पनि बिहीबार तोलामा २५ रुपैयाँ बढेर तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया