श्रीलङ्कासँगको प्रस्तावित सम्झौता एमसीसीद्वारा रद्द

admin

एजेन्सी, २ पुस : वाशिङ्टनमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बोर्डले श्रीलङ्कासँगको प्रस्तावित ४८० मिलियन अमेरिकी डलर बराबरको सम्झौता रद्द गर्ने निर्णय गरेको छ ।

यसअघि श्रीङ्काले आर्थिक विकासमा जोड दिन, गरिबी घटाउन र अर्थतन्त्र बढाउन अनुदान लिने निर्णय गरेको थियो । ‘श्रीलङ्का प्रशासनले सहकार्य गर्न चासो नदेखाएपछि १५ डिसेम्बरमा बोर्डको बैठकले उससँगको सम्झौता रद्द गर्ने निर्णय गरेको हो’, कोलम्बोमा रहेको अमेरिकी दूतावासले भनेको छ । 

देशको स्वामित्व, पारदर्शिता र अनुदान परिणामहरूको लागि उत्तरदायित्व एमसीसीको विकास मोडेलको आधारभूत हुन्छ । अमेरिकी सहयोग नियोगको एमसीसीले विश्वका ३० देशलाई झण्डै १३ दशमलव ५ बिलियन डलर बराबरको अनुदान दिएको अमेरिकी दूतावासले जनाएको छ ।

प्रतिक्रिया