फ्रान्सका राष्ट्रपतिलाई कोरोना संक्रमण पुष्टि

admin

एजेन्सी, २ पुस : फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोलाई कोरोना भाइरसको संक्रमण भएको छ । ४२ वर्षीय राष्ट्रपति म्याक्रोलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको त्यहाँको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उनले घरबाट नै काम गरिरहेका एक सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । फ्रान्समा अहिलेसम्म २४ लाखभन्दा धेरैलाई संक्रमण भएको छ भने संक्रमणका कारण ५९ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

यसअघि बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायतलाई कोरोना भाइरसको संक्रमण भइसकेको छ ।

प्रतिक्रिया