आज पनि बढ्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ३ पुस : शुक्रबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ । बिहीबार तोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार ८ सय रुपैयाँले बढेर ९४ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हप्ताको पहिलो दिन तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यहप्ताको अन्तिम दिन शुक्रबार ९४ हजार ३ सय रुपैयाँमा पुगेको छ । समग्रमा यो हप्ता सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको छ ।

यस्तै तेजावी सुन तोलामा ९३ हजार ८५० रुपैयाँमा कारोबार भएको छ ।  यसैगरी यो हप्ता चाँदी पनि तोलामा ८० रुपैयाँले बढेको छ । गएको आइतबार तोलाको १२ सय रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १२ सय ८० रुपैयाँ पुगेको छ । यो मूल्य बिहीबारकोभन्दा २५ रुपैयाँले धेरै हो ।

प्रतिक्रिया