एक हप्ताका लागि बन्द कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका

admin

कञ्चनपुर, ३ पुस : कारोना संक्रमण बढेसँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका एक हप्तासम्मका लागि बन्द हुने भएको छ । कारोना संक्रमण फैलिएपछि बिहीबार दिउँसो बसेको नगरपालिकाको आपतकालीन बैठकले पुस ९ गतेसम्मका लागि नगरपालिका क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।

विद्युत प्राधिकरणको फ्युज कार्यालय, नगरपालिकामा रहेका किराना पसल, हार्डवेयर पसल, खाद्यान्न पसल बिहान १० बजेदेखि १ बजेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी खुल्न पाउने निर्णय गरिएको छ ।

दूध ढुवानी, औषधि पसल २४ सै घण्टा सञ्चालन हुनेछन् । अत्यवश्यक सेवाबाहेकका सेवाहरु बन्द हुने र भारतबाट आयात हुने माछा, मासु अण्डालगायतका सामान ओहोर(दोहोर पूर्णरूपमा बन्द गरिएको छ । नगरपालिका क्षेत्रको खुला क्षेत्रमा हुने अवैध आवतजावत गर्नेहरुका कारण कोरोनाको संक्रमण फैलिएको आशङ्का गरिएको छ ।

जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीसहित स्थानीय बासिन्दामा कोरोनाको सङ्क्रमण देखिएपछि नगरपालिका क्षेत्रमा आवतजावत, बजार क्षेत्र, शैक्षिक संस्था पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताए ।

प्रतिक्रिया