काठमाडौं, ३ पुस : शुक्रबार थप सात सय ८२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ५२ हजार चार सय ७४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा एक हजार २९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणपछि निको हुनेको संख्या दुई लाख ४१ हजार तीन सय ९२ पुगेको छ । नेपालमा शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या नौ हजार तीन सय १७ रहेको छ ।
अब नेपालमा चार सय २७ जना क्वरेण्टीनमा रहेका छन् । यस्तै, बितेको २४ घण्टामा १६ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १७ सय ६५ पुगेको छ ।