ह्वाइट हाउस छाड्दा छाड्दै ट्रम्प र मेलानियाले गराए फोटो सूट, दिए क्रिसमसको शुभकामना

admin

काठमाडाैं, ५ पुष :अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले ह्वाइट हाउसभित्रै फोटो सूट गराउनुभएको छ । पूर्वमोडल समेत रहनुभएका मेलानियाले यस वर्षको क्रिसमसको शुभकामना दिनका लागि ह्वाइट हाउसभित्रै फोटोसूट गराउनुभएको हो ।

डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि प्रथम महिला बन्ने अवसर पाएर चार वर्ष ह्वाइट हाउसमा बस्ने अवसर पाउनुभएका मेलानियाले ह्वाइट हाउसबाट निस्कँदा निस्कँदै फोटोसूट गराउनुभएको हो ।

सन् २०१६ मा रिपब्लिकन उम्मेदवारका रुपमा डेमोक्रेट उम्मेदवार हिलरी क्लिन्टनलाई हराएर ह्वाइट हाउस प्रवेश गर्नुभएको ट्रम्प अर्को कार्यकालका लागि हालै सम्पन्न निर्वाचनमा पराजित भएपछि आगामी जनवरी २० बाट बाहिरिँदै हुनुहुन्छ ।

आफ्नै प्रशासनले गराएको निर्वाचनमा धाँधली भएको र डेमोक्रेट उम्मेदवार जो बाइडनले चुनाव जितेको प्रमाणहीन आरोप लगाइरहनुभएका उहाँले अझै पनि खुला हृदयले हार स्वीकार्नुभएको छैन ।

आफ्ना पति एवं मुलुकका राष्ट्रपति ट्रम्पसँग खिंचाएको फोटोलाई मेलानियाले क्रिसमस पोट्रेटका रुपमा सामाजिक सञ्जालमार्फत् सबैबीच शुभकामनासहित साझा गर्नुभएको हो । उहाँले राष्ट्रपति ट्रम्प आफ्नातर्फबाट मेरी क्रिसमसको शुभकामना भन्नुभएको छ ।

कालो प्यान्टसूट र सेतो सर्टमा ह्वाइट हाउस भित्रको भर्‍याङसँगै सजिनुभएका ट्रम्प दम्पत्तिका तस्वीर भने ह्वाइट हाउसभित्रकै अफिसियल फोटोग्राफरले लिएका हुन् ।

प्रतिक्रिया