काठमाडौं, ५ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो बैशाखको अन्तिम साता (२३ गते) आम चुनाव गर्न प्रस्ताव गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर प्रधानमन्त्री ओलीले संसद विघटन गरेर २०७८ सालको बैशाख २३ गते आम चुनावको प्रस्ताव गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले बैशाख २९ गते चुनाव गर्ने मिति राखेका छन् । निर्वाचनको मिति तोकिएको भए पनि आधिकारिक मिति सार्वजनिक नभएको प्रधानमन्त्रीनिकट स्रोतले बतायो । स्रोतका अनुसार बैशाख २३ र २९ चुनाव गर्नेबारे छलफल भएको थियो ।
‘संसद विघटन गर्नु भनेकै अर्को चुनावको लागि हो, संसद विघटनको प्रस्ताव आउँदा चुनावको मिति पनि प्रस्ताव हुनु स्वभाविक हो’, स्रोतले बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान संसद विघटनको प्रस्ताव राष्ट्रपति कार्यालयमा पठाइसकेका छन् ।