नेतृ झाँक्रीद्वारा ओली र भण्डारीलाई बधाई, फेरि लोकतान्त्रिक गणतन्त्रको लागि लड्न आह्वान

admin

काठमाडौं, ५ पुस : राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कि नेतृ रामकुमारी झाँक्रीले चर्को आलोचना गरेकी छिन् । उनले सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री र राष्ट्रपतिले कम्युनिस्ट आन्दोलन समाप्त गरेको बताएकी छिन् ।

उनले लेखेकी छिन्, केपी ओली र विधा भण्डारीलाई बधाई दिउँ, कम्युनिस्ट आन्दोलन समाप्त गरेकोमा ।’ साथै उनले फेरि एक पटक लोकतान्त्रिक गणतन्त्रको लागि लड्न आह्वान गरेकी छिन् ।

आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिस गरेका थिए । दिउँसो त्यो प्रस्तावलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी हुन् ।

प्रतिक्रिया