अमेरिकामा कोरोना प्रभावितका लागि नौ खर्ब डलरको राहत प्याकेज

admin

एजेन्सी, ६ पुस : अमेरिकामा कोरोना प्रभावितका लागि झण्डै नौ खर्ब डलर बराबरको राहत प्याकेज ल्याइएको छ । महिनौँदेखिको खिचातानीपछि अमेरिकी सांसदहरू राहत प्याकेज ल्याउन सहमत भएका बीबीसीले उल्लेख गरेको छ । व्यापार, व्यवसाय सञ्चालन तथा बेरोजगारले पाउने सुविधा दिनका लागि त्यसमा रकम समेटिएको छ ।

आममानिसलाई दिइने खोपका लागि र विद्यालयहरू पुनः सञ्चालनमा ल्याउनका लागि सहयोग गर्न पनि त्यसको प्रयोग गरिने छ । यो महिनाको अन्त्यतिर कोरोना भाइरससँग सम्बन्धित धेरैजसो सहायता कार्यक्रमको म्याद सकिन लागेका बेला पछिल्लो सहमति भएको हो ।

बेरोजगार नागरिकले पाउने सुविधामा पहुँच पाउनबाट झण्डै एक करोड २० लाख अमेरिकी नागरिकहरू वञ्चित हुन लागेका थिए । गएको बिहीबार सार्वजनिक तथ्याङ्कअनुसार गएको हप्ता आठ लाख ८५ हजार बेरोजगार नागरिकले आफूले पाउने सुविधाका लागि आवेदन दिएका छन् ।

प्रतिक्रिया