उकालो लाग्यो सुनचाँदीको मूल्य, आज कारोबार कतिमा ?

admin

काठमाडौं, ६ पुस : सोमबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर ९५ हजार २ सय रुपैयाँमा पुगेको छ । आइतबार तोलाको ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार ९५ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ८५० रुपैयाँले वृद्धि भएको छ । तेजाबी सुन सोमबारका लागि प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सो धातु आइतबार प्रतितोला ९३ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि सोमबार बढेको छ । चाँदी तोलामा ४० रुपैयाँले बढेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य तोलामा १२ सय ८० रुपैयाँ थियो ।

प्रतिक्रिया