साउदीमा एक हप्ताका लागि सबै अन्तर्राष्ट्रिय उडान बन्द

admin

काठमाडौं, ६ पुस : साउदी अरेबियाले सबै अन्तर्राष्ट्रिय उडानहरु एक हप्ताका लागि बन्द गरेको छ । कोरोना भाइरस (कोभिड-१९) को नयाँ लहरको सम्भावनालाई मध्यनजर गर्दै एक हप्ताका लागि लागि उडान रोकिएको र यो समयावधि बढ्न पनि सक्ने अरब न्युजले जनाएको छ ।

नयाँ बन्देजसँगै हवाई, समुद्री बाटो तथा स्थलमार्ग भएर साउदी अरेबिया प्रवेश गर्न पाइने छैन । स्वास्थ्य मन्त्रालयको सुझाव अनुसार यस्तो बन्देज लगाइएको साउदी अरेबियाको आन्तरिक मामिला सम्बन्धी मन्त्रालयले जनाएको छ ।

यसअघि नै केही युरोपेली देशहरु तथा बेलायतले कोभिड-१९ को थप लहर आउन सक्ने भन्दै सचेत गराइसकेका छन् । तर आपतकालीन अवस्थाका उडानहरु भने गर्न दिइने छ । यसअघि कुवेतले बेलायतबाट आउने तथा जाने उडान रद्द गरिसकेको छ ।

प्रतिक्रिया