नवनिर्वाचित राष्ट्रपति बाइडेनले लगाए कोरोना खोप

admin

काठमाडौं : अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। बाइडेनले फाइजर–बायोएनटेकले बनाएको खोप लगाएको बिबिसीले उल्लेख गरेको छ। उनले खोप लगाएको टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको थियो।

खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश सर्वसाधारणमा प्रवाह गर्नका लागि आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनले जनाएका छन्।

यसअघि उपराष्ट्रपति माइक पेन्स र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले खोप लगाएका थिए। उनीहरुले पनि खोपलाई लिएर सर्वसाधारणमा रहेको शंका हटाउन लागि सार्वजनिक रुपमा खोप लगाएको बताएका छन्।

त्यसको एक हप्ता पहिले नै फाइजर–बायोएनटेकको खोप लगाउन थालिएको थियो। अहिलेसम्म पाँच लाख भन्दा बढि अमेरिकीले खोप लगाइसकेका छन्।

प्रतिक्रिया