कोरोनाको नयाँ प्रकारका कारण ४० भन्दा धेरै देशले बेलायतबाट हुने आगमनमा रोक

admin

काठमाडौं, ७ पुस : कोरोना भाइरसको नयाँ प्रकारका कारण ४० भन्दा धेरै देशले बेलायतबाट हुने आगमनमा रोक लगाएका छन् । बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ता बढ्दो छ ।

बेलायत र त्यहाँबाट हुने यात्रामा प्रतिबन्ध लगाउने देशहरूको सूची थपिँदै गर्दा विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले त्यसको जोखिमको सन्दर्भबारे ध्यान दिन भनेको छ । डब्ल्यूएचओका आपत्कालीन मामिला प्रमुख माइक रायनले भाइरसको नयाँ प्रकार महामारीमा हुने विकासको एउटा सामान्य हिस्सा भएको भन्दै त्यो नियन्त्रण बाहिर नरहेको बताएका छन् ।

यस्तै, युरोपेली सङ्घले संकट समाधानमा साझा नीति बनाउन वार्ता गरिरहेको छ । संघमा आबद्ध २७ देश कसरी अगाडि बढ्ने भन्ने विषयमा छन् । बेलायतसँगै डेनमार्क, अस्ट्रेलिया, इटाली र नेदरल्यान्ड्समा पनि नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पाइएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया