भोलिदेखि मौसम सफा रहने

admin

काठमाडौं, ८ पुस : पश्चिमी वायुको प्रभावका कारण अहिले प्रदेश एक बाहेकका ठाउँमा आंशिक बदली भइरहेको छ । गण्डकी, लुम्बिनी, वाग्मती, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसमविद् प्रतिभा मानन्धरले बताएकी छिन् ।

उनका अनुसार बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहेको छ । बुधबार देशका केहि ठाउँहरुमा आंशिक बदली हुने र बिहीबारदेखि केहि दिन मौसम सफा रहने मौसमविद् मानन्धरले बताइन् । बुधबार बिहान उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्रीमा झरेको थियो ।

बुधबार अधिकतम तापक्रम १८-२० डिग्री पुग्ने संभावना छ । बिहीबारबाट भने केहिदिन मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यहि मौसमी प्रणाली रहिरहे तत्काल तराईमा शितलहरको सम्भावना नरहेको मौसमविद् मानन्धरको भनाई छ । बुधबार राति वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी स्थानमा मौसम सफा रहनेछ ।

प्रतिक्रिया