अबको तीन दिन मौसम सफा रहने

admin

काठमाडौं, ९ पुस : अबको तीन दिन देशभरको मौसम सफा रहने भएको छ । पश्चिमी वायुको प्रभाव सामान्य रहेकाले मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका जिल्लाहरुमा हुस्सु लागेको छ भने देशका केही ठाउँमा पातलो कुहिरो लागेको छ ।

पुस लागेसँगै चिसो ह्वात्तै बढेको थियो । मौसमी प्रणालीमा केही सुधार रहेकाले केही दिनदेखि तापक्रम बढ्न थालेको महाशाखाका मौसमविद् निराजन सापकोटाले जानकारी दिए । सामान्यतया कुहिरो लागेको समयमा तापक्रम बढ्ने मौसमविद् सापकोटाको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्रीमा झरेको छ । बिहीबार अधिकतम तापक्रम १९ देखी २० डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

बिहीबार दिउँसो प्रदेश नम्बर १ र वाग्मती प्रदेशका पहाडी भू-भागमा कुहिरो लाग्ने र बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, बिहीबार राति प्रदेश नम्बर १ का पहाडी ठाउँहरुमा केहि बदली रहनेछ भने बाँकी ठाउँमा मौसम सफा रहनेछ ।

प्रतिक्रिया