काठमाडौंको थलीमा दोस्रो ठूलो आधुनिक विद्यालय बन्ने

admin

काठमाडौं, ९ पुस : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका थलीमा दरबार हाइस्कुलपछिको दोस्रो ठूलो आधुनिक विद्यालय बन्ने भएको छ । थलीको कान्तिभैरव माध्यमिक विद्यालयको भवन भारत सरकारको अनुदानमा बन्ने भएको हो ।

विद्यालय भवन निर्माणका लागि भारत सरकारले झण्डै ३५ करोड रुपैयाँ विनियोजित गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इञ्जिनीयर अशोक अधिकारीले जानकारी दिए । सबै सुविधाहरुलाई व्यवस्थापन गरेर भवन निर्माण हुनेछ ।

भवनका लागि टेन्डर मूल्याङ्कनको काम सकिएको छ । भारतीय दूतावासले स्वीकृति दिइसकेपछि भवन निर्माणको काम अगाडि बढ्ने उनको भनाइ छ । नेपाल सरकारसँग सम्झौता भएर विद्यालयको पुनर्निर्माणका लागि प्राधिकरणमार्फत् रकम आएको हो ।

टेन्डर मूल्याङ्कनको काम सकिएको र यो महिनाभित्रैमा ठेक्का सम्झौता भएर काम सुरु हुने अधिकारीले बताए । नयाँ निर्माण हुने आधुनिक भवनमा विद्यार्थीहरुलाई चाहिने सबै सुविधा हुनेछ । चीनले जसरी दरबार स्कुल बनाएको त्यसैअनुसार भवन बन्ने पनि अधिकारी जानकारी दिए ।

यो भारतीय सहयोगको सबैभन्दा ठूलो स्कुल हुनेछ । विद्यालयका प्रधानाध्यापक तीर्थराज कोइरालाले लिफ्टसहितको आधुनिक भवन निर्माण हुन लागेको बताएका छन् ।

प्रतिक्रिया