मलेसियामा श्रमिकको कोरोना परीक्षण नगर्ने रोजगारदातालाई कारबाही, उपचार र क्वरेण्टीन खर्च व्यहोर्नु पर्ने

admin

एजेन्सी, ९ पुस : मलेसियामा सुरक्षा मन्त्री दातुक सेरी इस्लामी सबरी याकोबले विदेशी श्रमिकको क्वरेण्टीन र उपचार खर्च रोजगारदाताले व्यर्होर्नु पर्ने बताएका छन् । मलेसियामा पछिल्लो समय कोरोना संक्रमित बढेसँगै त्यहाँ संक्रमित हुने विदेशी श्रमिकको क्वरेण्टीन र उपचार खर्च रोजगारदाता स्वयमले व्यर्होर्नु पर्ने बताएका हुन् ।

मलेसियामा राष्ट्रिय सुरक्षा परिषदको विशेष बैठकले समेत यस विषयमा सहमति जनाएको मन्त्री दातुकको भनाइ छ । उनले भनेका छन्, ‘कोरोना पोजेटिभ भएका श्रमिक जसलाई अस्पताल, क्वरेण्टीन वा उपचार कक्ष जहाँ राखिएको छ त्यसको खर्च रोजगारदाताले तिर्नुपर्छ ।’ यस्तै मलेसिया सरकारले विदेशी श्रमिकले त्यहाँको नियम अनुसार आधारभूत सेवा सुविधा पाए नपाएको पनि जाँच गर्ने जनाएको छ ।

आफ्ना श्रमिकको कोरोना परीक्षण नगर्ने रोजगारदातालाई कारबाही
आउँदो जनवरी १ अर्थात पुस १७ गतेदेखि मलेसिया सरकारले विदेशी श्रमिकको अनिवार्य रुपमा कोरोना परीक्षण गर्नुपर्ने नियम लागू गर्ने भएको छ । आफ्नो कम्पनीमा कार्यरत श्रमिकको रोजगारदाताले नै कोरोना परीक्षण गर्नुपर्ने भनिए पनि नगरेको पाइएको भन्दै मलेसिया सरकारले जनवरी १ देखि श्रमिकको कोरोना परीक्षण गर्नुपर्ने र नगरिदिने रोजगारदातालाई कारबाही गरिने बताएको हो ।

डिसेम्बर १ देखि नै मलेसिया सरकारले क्लालाम्पुर, पेनाङ, नेग्री सेम्बिलान र सभा राज्यका सबै क्षेत्रमा काम गर्ने श्रमिकको कोरोना परीक्षण रोजगारदाताले गर्नुपर्ने बताएको थियो । अहिले पनि धेरै रोजगारदाताले श्रमिकको कोरोना परीक्षण गर्न आनाकानी गरेको पाइएको छ । तर अब जनवरी १ देखि भने श्रमिकको कोरोना परीक्षण नगर्ने रोजगारदातालाई कारबाही हुने भएको छ ।

प्रतिक्रिया