हिजोभन्दा आज २ डिग्री तापक्रम घट्यो

admin

काठमाडौं, १० पुस : बादल हटेसँगै काठमाडौं उपत्यकामा चिसो बढेको छ । बिहीबार र बुधबार बिहान बादल लागे पनि शुक्रबार बिहानैदेखि आकाश खुला भएकाले चिसो बढेको हो । काठमाडौंमा बिहीबारभन्दा शुक्रबार २ डिग्री तापक्रम घटेको छ ।

शुक्रबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । शुक्रबार अधिकतम तापक्रम १९ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको पनि महाशाखाले जनाएको छ । तराई र पहाडका केही ठाउँमा हुस्सु र कुहिरो भने लागेको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताए । शुक्रबार दिउँसो पहाडी केही ठाउँमा आंशिक बदलीको सम्भावना छ । त्यस्तै प्रदेश एकमा राति आंशिक बदली रहने अनुमान गरिएको छ । अरु ठाउँको मौसम भने सफा रहने अनुमान छ ।

प्रतिक्रिया